मोना ईतावासी फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने

फाईल तस्विर : मोना जापानको फेसबुकबाट साभार ||

टोकियो,जापान,चैत्र,२७-म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियो ईतावासीमा यहि अप्रिल २७ र २८ तारिख शनिवार र आईतवारका दिन म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवल आयोजना गर्दैछ।

आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना  गर्न लागेको जनाएको छ।

फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्ट र जापानीज रेष्टुरेण्ट रहने आयोजकले जनाएको छ।उक्त दिन नेपाली संस्कृती परम्परा अनुसारका स्वादिष्ट खाना र जापानीज परम्पराका खानाहरुको स्वाद लिन पाईने छ।साथमा दुई वटा रेमिट्यान्सको स्टल पनि रहने छ।

फेस्टिवलमा दुवै देश नेपाल र जापानको संस्कृती झल्किने सांगितीक कार्यक्रम पनि हुने आयोजक परिवारले जनाएको छ।

यता :जापान रेमिट फाईनान्सले” मोना (म्याग्दी) ईतावासी नेपाल फेस्टिबलमा आएर पनि जेआर एफ (JRF) को सदस्य (Member) बन्न सकिने बताएको छ।यस रेमिटले जापानमा विगत एक दशक भन्दा बढी समय देखी उच्च विनिमय दरमा १६४ मुलुकका नागरिकलाई सेवा दिदै आईरहेको छ।

यस फेस्टिवलबाट अझै बढी भन्दा बढी नयाँ सदस्य बनाउने  र सबैलाई “रेमिट गरौं” भन्ने सन्देश दिने अपेक्षा राखेको “जापान रेमीट फाईनान्सले” जनाएको छ।

यसैबिच : टोकियोको ईतावासीकु टोकिवादाईमा हुने म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवलमा सबैजना जापानमा बस्ने प्रवासी नेपाली समुदायलाई उपस्थीतीको लागी आयोजक परिवारले अनुरोध गरेको छ।

साथै सकिन्छ भने आफूले चिने जानेको जापानीज साथीलाई पनि फेस्टिवलमा ल्याएर आउन आयोजकले अपिल गरेको जनाएको छ।

यो पनि पढ्नुहोला ।। जापान रेमिट नै किन रोज्ने ।।

जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा