सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट

डम्मर थापा मगर/

बाँके, कार्त्तीक,२५-

सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिने बांकेका राप्ती नदी पीडितले स्पष्ट पारेका छन्। उनीहरुले ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’ भन्ने अभियान नै चलाएका छन्।

राजनीतिक दलबाट धेरै पटक धोका खाइसकेकोले यस पटक सुरक्षित बसोबासको ग्यारेन्टी गरेमात्र भोट दिने राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी मञ्जु विकले बताउनुभयो ।

यस्तै हरेक बर्ष बाढीबाट पीडित हुँदै आएका बाढीपीडितले भोट माग्न आउनेलाई सुरक्षित बास स्थान देखाई दिन आग्रह गरिने सिद्धबाबा सामुदायिक बनमा बस्दै आएका सर्रीका खुसीराम थारुले बताउनुभयो। उनिहरुले निर्वाचनका कुराभन्दा सुरक्षित बासको चिन्ता भएको बताएका छन ।