काठमाडौं,भदौ,३-राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ। उनको आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्यष्टि हुँदैछ।
घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्।
तर, उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत भने आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्न भनेका थिए। जुन गीत उनको मृत्यपछि हिजो मात्रै सार्वजनिक भएको छ।
गीतमा आशिष अविरलले संगीत भरेका छन् भने कर्णदासले स्वर दिएका छन्।
घिमिरेले आफू बितेपछि सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउनु भनेर रेकर्ड गराएको गीतको शब्द यस्तो छ :