दाङमा उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला प¥यो

दाङ,असार,१३-
निर्वाचनको अघिल्लो दिन दाङका उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला परेका छन् ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ ।

यसैगरि तुलसीपुर कै विपि चोक र अरनिको मैदानमा पनि बम भेटिएको प्रहरीले जनाएको छ । अरनिको मैदानमा वुधवार हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ ।

मेयर उम्मेदवारको घर सहित तुलसीपुरमा फेला परेका तीन स्थानका बम नेपाली सेनाले डिष्पोज गरेको छ ।
यस्तै घोराही उपमहानगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन गौतमको घरमा पनि शंकास्पद बस्तु फेला परेको छ ।

घोराही स्थित ट्राफिक चोकमा पनि बम फेला पारेको प्रहरीले जनाएको छ । निर्वाचन विरोधी गतिविधी गर्दै आएको विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले सो बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यसै विच, निर्वाचन खारेजीको माग गर्दै नेपाल कम्यूनिष्ट पार्टिले मंगलवार नेपाल बन्दको आह्वान गरेको छ ।

बन्दका कारण दाङ सहित दोश्रो चरणको निर्वाचनहुने जिल्लाहरु प्रभावित भएका छन् । बन्दका कारण विहानै देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु चलेका छैनन भने बजार, उद्योगहरु पनि बन्द छन् ।