नेपाली काँग्रेसका उम्मेदवारहरुले विहानै मतदान गर्ने

बाँके,असार,१३-
भोली हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा मतदान गर्नुहुने भएको छ ।

भोली विहान ७ बजे आफ्नो मतदान केन्द्रमा मतदान गर्ने नेपाली काँग्रेसले जनाएको छ । त्यस्तै उपमेयर पदका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी उच्च माविमा विहानै ७ बजे नै मतदान गर्नुहुने भएको छ ।

त्यस्तै नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार भानुभक्त भट्टराइले भोली विहान काहेलपुर वडा नम्बर ११ जनज्ञान ज्योती मावि वगिया स्कुलमा ७ बजे र उपमेयर पदकी उम्मेदवार सन्जु कुमारी थारुले वडा नम्बर ६ सिद्धार्थ मावि रझेनामा विहानै मतदान गर्नुहुने भएको छ ।

नेपाली काँग्रेसबाट नरैनापुर गाउँपालिकाबाट प्रमुख पदका उम्मेदवार रामचन्द्र मौर्यले वडा नम्बर ५ महेन्द्र मावि मा मतदान गर्नुहुने भएको छ । भने उपप्रमुख अतिकुन्जी शाहले कट्कुइया १मा रहेको नेराप्रावि बनियागाउँमा मतदान गर्नुहुने भएको छ ।

बैजनाथ गाउँपालिकाका प्रमुख देव बहादुर खत्रीले सम्झना निमावि वडा नम्बर ६ मा र उपप्रमुख पदका उम्मेदवार भावना चौधरीले सरस्वती निमावि वडा नम्बर ३मा मतदान गर्नुहुने भएको छ । जानकी गाउँपालिकाका मेयद पदका उम्मेदवार छब्बन खाँले इस्लामिया गुडिया मदरसा वडा नम्बर ५ बाट र उपप्रमुख रामप्यारी यादवले जनता प्रावि वडा नम्बर २ बाट मतदान गर्नुहुने भएको छ ।

त्यस्तै राप्ती सोनारी र खजुरा गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले पनि आ आफ्नो मतदान केन्द्रमा मतदान गर्नुहुने भएको छ । बाँकेमा रहेका १ उप–महानगरपालिका १ नगरपालिका र ६ गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनको लागी आवश्यक पर्ने साम्रगीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

जिल्लामा ९० प्रतिशत भन्दा बढि मतदाताले मतदाता परिचयपत्र लिईसकेको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्त राज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुथ निर्माण लगायतका सम्पूर्ण काम सकेर भोली बिहान निर्वाचन गराउने तयारीका साथ कर्मचारीहरु बसेका छन् ।

बाँकेमा पुरुष १ लाख २५ हजार ९ सय ९३, महिला १ लाख २० हजार ८४ र तेस्रोलिङ्गी १ जना गरी कुल २ लाख ४६ हजार ७८ जना मतदाता रहेका छन् ।