नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

नेपाली संस्कृतीमा आफु पनी रमाउँ, विदेशीलाई पनी रमाउन सिकाउँ

फुकुओका,जापान,माघ,२६-

आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ ।

विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।

नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका विभिन्न पर्यटन क्षेत्रहरु कला सांस्कृतीक, परम्परा, खानपान, चाडपर्व, संगीत, धार्मिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरू पर्यटकीय रूपमा रहेकाले यस्ता महत्वपुर्ण कुराहरु विदेशीका लागि नेपाल चिनाउने महत्त्वपूर्ण पर्ब भएकोले सकेसम्म आफुले चिनेका सबै जापानिज समुदाय र अन्य विदेशीहरुलाई पनी नेपाल फेस्टिबलको निम्तो दिई सबै जापानबासी नेपालीलाई कार्यक्रममा उपस्थीतहुन आयोजकले आग्रह गरेको छ ।

(नेपाल फेस्टीबलमा प्रस्तुत गरिने कार्यक्रमहरु यस्ता रहेका छन् )
(परेडमा प्रस्तुत गरिने)
१.पन्चेबाजा
२. भजन
३. लाखे नाच

(स्टेजमा प्रस्तुत गरिने बिधाहरु)
१. नेपालीपन झल्काउने गित विभिन्न बिधाका एकल प्रस्तुती
२. नृत्य प्रस्तुती नेपाली पन झल्कने गितहरूमा नृत्य
३. लाईभ पन्चेबाजा
४. लाईभ भजन
५. लाईभ कौडा
६. लाईभ दोहोरी
७. लाईभ कन्सर्ट
८. बिभिन्न जातजाति भेषभुषा को पोशाकमा फेशन सो
९. विदेशमा मनपराइने नेपाली धुनहरूको प्रस्तुती
१०. जापनीज कलाकारबाट नेपाली गित को प्रस्तुती
११. हाँस्यव्यङ्ग प्रस्तुती
१२. साथै अन्य प्रस्तुतीहरु पनी रहनेछ ।
यसैविच : माथी उल्लेखित रहेका विधामा आफ्नो कला तथा प्रस्तुती देखाउन चाहाने व्यत्तीले तल दिईएको सम्बन्धीत व्यक्ति समक्ष सम्पर्क गर्न पनी अनुरोध गरिएको छ ।

नाम                           सम्पर्क
माधब सिग्देल     (०८०-९६८७-५८१४)
सचिन आचार्य     (०८०-९१०६-२८५९)
गेम्जो लामा         (०९०-९८५२-१२४८)
दिलेन्द्र जोशी       (०८०-४२७३-१४७४)

फुकुओका नेपाल सोसाईटी, एन.आर.एन.ए क्यूसु लगायत क्यूसुमा रहेका सम्पुर्ण सामाजीक संघ संस्थाहरुको आयोजना र नेपाली राजदुतावासको विषेश सहयोगमा आगामी फाल्गुन २ र ३ गते अर्थात अप्रिल १४ र १५ तारिख दिन हुने नेपाल फेस्टिवल फुकुओकामा रहेको चिउओ पार्क तेन्जीनमा हुने आयोजकले जनाएको छ ।