जापानको फुकुओकामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट हुने

फुकुओका,जापान,माघ,२६-

तेन्जिन ल्याड्स क्यूसु जापानको आयोजनामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट २०१८ प्रतीयोगीता हुने भएको छ ।

जापानको फुकुओकामा बस्दै आएका नेपाली विद्यार्थीहरुको स्वस्थ  जिवन र खेलकुद विकासमा गुणस्तर बनाउनको लागी  खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त प्रतीयोगीतामा सहभागी हुन फुकुओकामा आवद्व नेपाली फुटबल क्लवहरुलाई आयोजकले अनुरोध गर्दै निमन्त्रणा पनी गरेको छ ।

(हार्दिक निमन्त्रणा )

१. फुकुओका ब्रर्दस (Fukuoka brothers)
२. श्री गणेश खुकुरी (ए) (Shree Ganesh khukuri ‘A’)
३. श्री गणेश खुकुरी (बी) (Shree Ganesh khukuri ‘B’)
४. खुकुरी बल्याक (ए) ( Khukuri Black ‘A’)
५. खुकुरी बल्याक (बि) khukuri Black ‘B’)
६. ओहासी फुटबल क्लव (Ohashi F.C.)
७. कुरुमे फुटबल क्लव ( Kurume F.C.)
८. क्योउदाई सिजुका फुटबल क्लव (Kyodai Sizuka F.C.)
९. तमु धिन फुटबल क्लव ( Tamu Dhin F.C.)
१०. वाजीरो फुटबल क्लव (Wajiro F.C.)
११. गोर्खाली फुटबल क्लव (Gorkhali F.C.)
१२.  नेप्लीज ब्रोर्दस फुटबल क्लव ( Nepalese Brothers F.C.)
१३. के आई सि ईगल फुटबल क्लव ( KIEC Eagles F.C.)
१४. युनाईटेड  बज्रा फुटबल क्लव (United Vajra F.C.) लगायतलाई निमन्त्रणा गरिएको छ ।

प्रतीयोगीता आगामी फेब्रअरी २४ तारिखका दिन हुन लागेको हो । उक्त प्रतीयोगीतामा सहभागी टिम मध्ये प्रथम हुने टिमले २,५०,००० जापानीज ऐन प्राप्त गर्ने छ , भने यस्तै दोस्रो हुनेलाई १,५०,००० ऐन रहेको छ, भने तेस्रो हुनेलाई ५०,००० ऐन पुरस्कारको व्यवस्था रहेको छ । प्रतीयोगीतामा सहभागी हुन सुरुमा टिम दर्ताका लागी ३५,००० ऐन लाग्नेछ ।

प्रतीयोगीता फुकुओका सि हिगासी कु मात्सुसिमा ५-३-१ मा बिहान १० बजेबाट ५ बजे सम्म संचालन हुने आयोजकले जनाएको छ ।