मगर संघ गुन्मा जापानको माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

फाईल तस्विर ।।

टोकियो,माघ,५-गुन्मा केनमा माघे संक्रान्ती कार्यक्रम सम्पन्न भएको छ।नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रीय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज शनिबार सम्पन्न भएको हो।

गुन्मामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा केनका अध्यक्ष रिदम रोका मगरले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँले छोटो मन्त्व्य राख्दै माघि पर्वको शुभकामना दिएका थिए,भने कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार संगिता थापा मगर, चेतन घर्ती, गिता पाईजा मगर, डान्सर प्रगती पुन मगर लगायतले प्रस्तुती दिएको कार्यक्रम संचालक दिपेन बलाल मगरले बिहानी अनलाईन लाई जानकारी दिनुभयो।

गायीका संगिता थापा मगर

फाईल तस्विरमा : गायीका संगिता थापा मगर

चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायीका संगिता थापा मगरले “मगर भाषा” गित सहित अन्य कौडा गित गाउदै दर्शकलाई झमछमी नचाएका थिए।उहाँ माघे संक्रान्ती कार्यक्रममा प्रस्तुती दिन अमेरिकाबाट जापान आउनु भएको थियो।

गिता पाईजा मगर 

फाईल तस्विरमा : गायीका गिता पाईजा मगर

लोक तथा दोहोरी गायीका गिता पाईजा मगरले कौडा लगायत थुप्रै गित गाउदै दर्शकलाई झुमाएका थिए।उहाँ चाहीँ माघे संक्रान्ती कार्यक्रममा प्रस्तुती दिन नेपाल देखि आउनु भएको थियो।

चेतन घर्ती मगर 

फाईल तस्विरमा : चर्चित कलाकार चेतन घर्ती मगर

जापानमा आएर पनि नेपाली गित संगितलाई उत्तीकै माया गर्दै आउनु भएका चर्चित गायक चेतन घर्ती मगरले पनि थुप्रै गित गाउदै उपस्थित दर्शकलाई निकै नचाएका थिए।उहाँ विगत लामो समय देखी जापानमा बस्दै आउनु भएको छ।

डान्सर प्रगती पुन 

फाईल तस्विर : डान्सर प्रगती पुन मगर

नेपालको चर्चित रियालीटी सो बुगिउगीका पहिलो रनअरअप डान्सर प्रगती पुनले थुप्रै गितमा प्रस्तुती दिदै दर्शकलाई मनोरञ्जन दिएका थिए।उनि माघी कार्यक्रममा आफ्नो प्रस्तुती दिन नेपाल देखि आएका हुन्।

फाईल तस्विरमा : प्रमुख अतिथी

त्यसैगरी:अब नेपाल मगर संघ जापान केन्द्रिय समितीको मुख्य कार्यक्रम भोली जनवरी १९ तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जिरोहलमा हुनेछ।

कार्यक्रममा जापान स्थित नेपाली राजदुत लगायत अन्य एनआरएनएका अध्यक्ष लगायत सम्पुर्ण संघ संस्थाका अध्यक्षहरुको उपस्थित रहने नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष रामहरी खपाङ्गी मगरले जानकारी दिनुभयो।

यस्तै:कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको नेपाल मगर संघ जापानका केन्द्रिय महसचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।