आज मगर संघ जापानको मुख्य माघे संक्रान्ति कार्यक्रम टोकियोमा हुँदै

टोकियो,माघ,६-नेपाल मगर संघ जापानको मुख्य माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज आईतवार टोकियोमा हुँदै छ।

कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन्।

आजको कार्यक्रममा संगिता थापा मगर, चेतन घर्ती मगर,रितु थापा मगर, रचना राना मगर,कामना फगामी मगर, सागर थापा मगर, यामराज जर्घा मगर, र पञ्चेबाजा समुह लगायतले प्रस्तुती दिने नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले बिहानी अनलाईन लाई जानकारी दिनुभयो।

यस्तै:कार्यक्रममा रेमिट्यान्सको पाटनरको रुपमा जापान रेमिट फाईनान्स रहेको छ।कार्यक्रम टोकियो स्थित नाकानो जिरो हलमा  बेलुकि ५ बजे बाट सुरु हुनेछ।

यसैबिच : नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीको संयुक्त रुपमा आयोजनामा जनवरी १२ मा नागोया,जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा केनमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरि गरिसकेको नेपाल मगर संघ जापानका कोषाध्यक्ष सविन थापा मगरले जानकारी दिनुभयो ।

त्यसैगरी : कार्यक्रममा जापान स्थित नेपाली राजदुत लगायत अन्य एनआरएनएका अध्यक्ष सहित सम्पुर्ण संघ संस्थाका अध्यक्षहरु र नेपाल मगर संघ जापानका क्षेत्रीय समितीका अध्यक्षहरुको उपस्थित रहने नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष रामहरी खपाङ्गी मगरले जानकारी दिनुभयो।

उहाँका अनुसार जापानभरी नै कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको बिहानी अनलाईनलाई  जानकारी दिनुभयो।