निर्वाचन सफल बनाउन सेना सतर्क

काठमाडौं,कार्तिक,१८-

निर्वाचनका बेला नेपाली सेनाले भारतसँग सीमा जोडिएका केही संवेदनशीन जिल्लामा बढी सतर्कता अपनाउने भएको छ ।

नेपाल–भारत खुल्ला सीमाको केही कमजोर पक्षको फाइदा उठाउँदै अपराधिक मनोवृत्तिका व्यक्तिहरु नेपाल पस्न सक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सफल तुल्याउन सेनाले आफ्नो भित्री रणनीति तय गरेको छ । आजको कान्तिपुरमा खबर छ ।