चलचित्र कारखाना हेर्ने दर्शक निकै खुशि,

हिन्दी चलचित्र टुबलाइट भन्दा राम्रो बनेको समेत प्रतिकृया

विवेन,

काठमाण्डौ,असार,१८-

नेपाली सिने क्षेत्रमा हरेक हप्ता एक न एक चलचित्र प्रदर्शन मा आइरहेका हुन्छन राम्रा आए दर्शक पाउँछन् नराम्रा आए केही दिन मै हराउछन । कुनै शुक्रवार १ त कुनै शुक्रवार २ देखि ३ वटा सम्म नेपाली चलचित्र एक आपस मा जुध्ने गरेका हुन्छन ।

यसैक्रम मा यसै शुक्रवार बाट प्रदर्शन मा आएका दुई चलचित्र कमिना र कारखाना मा चलचित्र कारखाना अब्बल रहेको देखिएको छ । हुन त चलचित्र का star cast ले नै दर्शक छुट्टिने कारण ले चलचित्रमा star casting को महत्व कारखाना चलचित्र बाट प्रस्टै देख्न सकिन्छ ।

त्यसैले कुरा कारखाना बाटै गर्दा राम्रो होला चलचित्र कारखाना मा अहिले का जल्दा बल्दा नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाको को मुख्य भुमिका रहेको छ ।

चलचित्र को कथा बस्तु नै नया अनि नारि मुलक भएका कारण पनि कारखाना हेर्ने दर्शक निकै खुशि र एकपट सबैले हेर्नै पर्ने र चलचित्र बाट पनि केही सन्देश लिन सकिन्छ भन्ने कुरा दर्शक ले औल्याएका छन ।

कतिपयले त झनै हिन्दी चलचित्र टुबलाइट भन्दा राम्रो बनेको समेत प्रतिकृया दिदैआईरहेका छन ।साथै दर्शक माझ मै बसेर हेर्नलाइ कलाकार पनि हलहलमा उपाथित भएका छन ।

अझ चलचित्र प्रदर्शन मिति भन्दा पहिला नै चलचित्र मा समाबेश भएको मायाले बोलेकोअर्ल्प बोली मीठो भो भन्ने बोल को गित का कारण पनि चलचित्र पहिलै देखि दर्शक को रोजाइमा थियो ।

रिलिज को पहिलो र दोस्रो दिन को दर्शकहरुको प्रतिकृयाले कारखानाको टिम्लाइ निकै खुशी बनाएको छ । चलचित्र का निर्माता अ्मर बज्राचार्य र सुदिप खड्का ले जानकारी दिनु भयो।