नेपालगन्ज नगरपालिकाको ३,४र ५को मतपरिणाम सार्वजनिक मतगणना जारी

बाँके,असार,१७-

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३,४ र ५ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रक अयुब सिद्धिकीले ५२४ मत प्राप्त गरी विजयी हुनु भएको छ । भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार अब्दुल ताफिक अन्सारीले ४५० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर ४ मा राप्रका सफिक बेहनाले ६९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रतिद्धन्द्धी चेत बहादुर गुरुङले ५२४ मत प्रात गर्नुभएको छ । त्यस्तै वडा नम्बर ५मा राप्रपाले वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएको छ । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाइले २६२ मत प्राप्त गर्नुभएको छ ।

बाँकेको ८ वटा स्थानिय तह मध्ये बैजनाथ गाउँ पालिका प्रमुखमा नेपाली काङगेसका डिल बहादुर खत्रीले २०६० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मान बहादुर रुचालले ३६५८ मत प्राप्त गनुभएको छ । सोही गाउँपालिकाको वडा नं २ को मतगणना भइरहेको छ । उप प्रमुखमा नेपाली काङग्रेसकी भावना चौधरीले ४७३८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिद्धन्दी नेकपा एमालेका चमेली कुमारी बकवालले ४१७९ मत प्राप्त गर्नुभएको छ । डुडुवा गाउँ पालिकामा नेपाली काङग्रेस बाट प्रमुख पदका उम्मेदवार नरेन्द्र चौधरी १०१३, मत प्राप्त गर्नुभएको छ भने संघिय समाजबादी फोरम बाट प्रमुख पदका उम्मेदवार विजय कुमार यादव १३६९ मत प्राप्त गर्नुभएको छ । उप प्रमुखमा नेपाली काङग्रेसका साहिदा वानुले १७८७ मत प्राप्त गर्नुभएको छ ।

भने उहाँलाई संघिय समाजवादीकी जबिदा खातुनले १२२७ मत प्राप्त गरि पछ्याइरहनुभएको छ । राप्ती सोनारी गाउँ पालिकामा नेपाली काङग्रेस बाट प्रमुख पदका उम्मेदवार लाहुरराम चौधरीले ४६८७ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्धन्दी नेकपा एमालेका तुल्सीराम थारुले ४१५२ मत प्राप्त गर्नुभएको छ । उप प्रमुखमा नेपाली काङग्रेसकी धन कुमारी खत्रीले ४७३८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिद्धन्दी नेकपा एमालेका चमेली कुमारी बकवालले ४१७९ मत प्राप्त गर्नुभएको छ । वडा नं १ ३,२,८,९ वडामा काङग्रेसको सबै प्यानल नै बिजयी भएको छ । वडा नं २ मा एमालले जित हासिल गरेको छ । खजुरा गाउँपालिकाको प्रमुखमा एमालेका किस्मत कक्षपतिले २०४८ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका डम्मर बिकले ११११ मत प्राप्त गर्नुभएको छ । उप प्रमुखमा एमालेका एकमाया बिकले २०५९ मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका फिरोज खाँले ९६९ मत प्राप्त गर्नुभएको छ । जानकी गाउँ पालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका याम बहादुर थापाले मत प्राप्त गर्नुभएको छ । नन्द किशोर बर्मा कुर्मीले ३९५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि उप प्रमुखमा संघिय समाजबादीका सुन्दरी त्रिपाठीले ३५७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तारावति कुर्मीले ३१३ मत प्राप्त गर्नुभएको छ ।

नरैनापुर गाउँ पालिका प्रमुखमा संघिय समाजबादी फोरमका ईश्तियाक अहमद शाह ४०८० मत प्राप्त गरि बिजयी हुनुभएको छ । उप प्रमुखमा पनि सोही पार्टीका जयन्ती देवी श्रीवास्तवले ३०४४ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।कोहलपुर नगरपालिकामा नेपाली काङग्रेस मेयरका उम्मेदवार भानुभक्त भट्टराईले १६१२ मत प्राप्त गर्नुभएको छ भने उप मेयर सन्जु कुमारी चौधरीले १७५६ मत प्राप्त गर्नुभएको छ ।

एमालेका प्रमुख पदका उम्मेदवार लुट बहादुर रावतले एमालेका १२५१ ले मत प्राप्त गर्नुभएको छ भने उप प्रमुखमा कृष्णा कुमारी चौधरी १४६९मत प्राप्त गर्नुभएको छ । नेपालगन्ज उप महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.धवल शम्सेर राणाले ३८०१ मत प्राप्त गर्नुभएको छ भने काङगेस डा. सुरेश कानोडियाले २१८२ मत प्राप्त गर्नुभएको छ । उप मेयरमा काङगेसकी उमा थापाले २९०५ भने उहाँका प्रतिद्धन्दी राप्रपाका रमारानी वैश्यले २६४३ मत प्राप्त गनुभएको छ ।