७६ स्थानीय तहको नतिजा सार्वजनिक

एमाले- ३४,कांग्रेस- २७,माओवादी केन्द्र -१३,जनमोर्चा- १, संघीय समाजवादी फोरम- १

काठमाडौं, असार,१७-

स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ ।अहिलेसम्म ७६ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ३४ स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले २७ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १३ स्थानीय तहमा विजयी भएको छ ।यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।