दाङका व्यापारी र श्रेष्ठ सल्यानमा मृत अवस्थामा भेटिए

दाङ,असार,१६-
केही दिनदेखी बेपत्ता दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिनुभएको छ ।

जेठ २६ गते साझ अपहरणमा परेका  व्यापारी श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटीमा रहेको झिम्पे टावर मुनी मृत अवस्थामा फेला पर्नु भएको हो ।
कुहीएको अवस्थामा शब फेला परेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीले अहिले सबलाईमा बोरामा हालेर दाङ ल्याउने तयारी गरीरहेको छ ।

अपहरणमा परेका श्रेष्ठलाई खोज्नका लागी सिआईबि र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो । टोलीले अपहरणमा सम्लग्न केहीलाई प्रकाउ गरेपछि उनिहरुको आधारमा शव पत्ता लागेको हो ।  
श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको निष्कर्ष छ । सोही दिन अपहरणमा परेका रण बहादुर घर्तिको अवस्था अझै अज्ञात छ ।