राजपुर गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

दाङ,असार,१६-

राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । शर्मा ५३८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका हुन् । रासस