सुनको मूल्य फेरि बढ्यो

काठमाडौं,असोज,१३-गत साताबाट लगातार घटिरहेको सुनको मूल्य मंगलवार बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला रू.९०० ले बढेको हो। महासंघका अनुसार प्रतितोला फाइन गोल्डको मूल्य रू. ९४ हजार २०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ७०० कायम भएको छ। 

यो साता कारोबारको पहिलो दिन आइतवार तोलामा रू. ६०० ले घटेको सुनको मूल्य सोमवार भने स्थिर रहेको थियो। गता साता सुनको  मूल्य प्रतितोलामा रू.  ३ हजार १०० घटेको थियो । 

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला रू. २५ ले बढेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला रू. १ हजार १७५  माा कारोबार भइरहेको छ ।