नेकपा एमाले बाँकेको बैठक आज बस्दै

बाँके ,माघ २९- नेकपा एमाले बाँकेको पुर्ण बैठक आज नेपालगंजमा बस्ने भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय बाँकेको सभाहलमा बिहान ११ बजेदेखि जिल्ला कमिटि बैठक सुरु हुने एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभएको छ । एमाले बाँकेको अध्यक्ष् अशोक कोइराललाको अध्यक्ष्तामा बस्ने बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रमुख अतिथीका रुपमा सहभागि हुने भएका छन् ।

बैठकमा उपाध्यक्ष गौतमले विशेष सम्बोधन गर्दै महत्वपुर्ण निर्देशन दिने कार्यक्रम रहेको एमाले नेताहरुले जनाएका छन् । एमाले बाँकेले संञ्चालन गरिरहेको संविधान कार्यान्वयनको लागि चार महिने जनपरिचालन अभियानको बैठकमा रिपोटिङसहित सभिक्षा हुने भएको छ । यसैगरी नेकपा एमालेले संचालन गरिरहेको तराई मधेस अभियानको बारेमा बैठकमा छलफल हुने भएको छ ।

अभियान अन्तर्गत नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली बरिष्ठ नेताहरु भ्mलनाथ खनाल,माधवकुमार नेपाल,केपि शर्मा ओली लगायतका शीर्ष नेताहरुको उपस्थितीमा चैत्र १ गते नेपालगंजमा बृहद सभा गरिने कार्यक्रम रहेको छ । सभाको भव्य तयारीका लागि आजको बैठकमा छलफल हुनेछ ।