मोटरसाइकल दुर्घटनामा परि प्रहरी जवान यादवको मृत्यु

बर्दिया,जेष्ठ ,०८-


बर्दियाको गुलरिया नगरपालिका–३ निमकोठियामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटनामा परेको हो ।
गएराति ११ बजे दुर्घटनामा घाइते भएका यादवको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा बुधबार(आज) मध्याह्न १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ ।

महानगरीय प्रहरी बिट कालीमाटी काठमान्डौमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा घर आएका थिए । उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेको समयमा दुर्घटनामा परेका हुन