दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न सकिदैन् : वैद्य

पोखरा, असोज २२-

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन नभई सत्तामा जाने गठबन्धनमात्र भएको आरोप लगाउनु भएको छ ।

आज पोखरामा सो पार्टीको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले दक्षिणपन्थी अवसरवादी गठबन्धनलाई वाम गठबन्धन भन्न नसकिने बताउनु भएको हो  ।

वाम गठबन्धनका नाममा कलंक भएको भन्दै वैद्यले सच्चा क्रान्तिकारी कम्यूनिष्टहरु एक ठाउँमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष वैद्यले प्रचण्डको निरन्तरताको क्रमभङ्गको भनाईलाई उल्टो क्रमभङ्ग भएको संज्ञा दिनुभयो । उहाँले नेपालमा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामले धोका दिएर प्रतिक्रियावादी कित्तामा पुगेपछि नयाँ जनवादी क्रान्ति पूरा गर्ने जिम्मेवारी आफूहरुको भएको भन्दै अब क्रान्ति पूरा गर्नका लागि फौजी हस्तक्षेपसहितको कार्यनीति तय गर्न लागेको बताउनुभयो ।