युभेन्टसलाई पराजित गर्दै कोपा इटालियाको उपाधि नेपोलीलाई

एजेन्सी,असार,४-युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ।बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे ।

युभेन्टसका लागि लेओनार्दो र आरोन राम्सीले गोल गर्दा पाउलो डिबाला र ड्यानिलो गोल गर्नबाट चुकेका थिए । युभेन्टसका लागि पहिलो पेनाल्टी हानेका डिबालाको प्रहार नेपोलीका गोलरक्षक एलेक्स मेरेटले बचाएका थिए । त्यस्तै युभेन्टसका लागि ड्यानिलोले गरेको दोस्रो प्रहार आकासिएको थियो ।

जितसँगै नेपोलिले छ वर्षपछि कोपा इटालियाको उपाधी जितेको छ ।यता युभेन्टस भने १४ औं पटक कोप्पा इटालिया उपाधि जित्ने अवसर गुमाउन पुग्यो । नेपोलिले पछिल्लोपटक सन २०१३/१४ को सिजनमा कोपा इटालियाको उपाधी जितेको थियो ।