सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Image Not Foundकाठमाडौं,साउन,२-स्थानीय बजारमा सोमवार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य भने बढेको छ।यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ।अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य भने बढेको छ ।यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१४ दशमलव ९१ डलर पुगेको छ ।

त्यसैगरी, डलरको मूल्य पनि यो दिन स्थिर रहेको छ।सोमवार एक अमेरिकी डलरको विक्रिदर १२८ दशमलव ११ रुपैयाँ कायम भएको छ।अघिल्लो दिन पनि एक अमेरिकी डलर विक्रीदर १२८ दशमलव ११ रुपैयाँ रहेको थियो ।