अपडेट : मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त

दुर्घटनामा परी दुवै जनाको मृत्यु

काठमाण्डौं,जेष्ठ,२-

मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज अाज विहानै देखि  सम्पर्कविहिन भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।अहिले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ । दुर्घटनामा परी दुवै जनाको मृत्यु भएको छ ।

नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो ।