क्रिकेट संघ सक्रिय, बुधबारबाट महिला क्रिकेट प्रशिक्षण

नेपालगन्ज, माघ , २९-
बांके जिल्ला क्रिकेटको आयोजनामा भोलि बुधबारबाट कोहलपुरमा महिला क्रिकेट प्रशिक्षण शुरु हुने भएको छ।

दिउसो १ बजे कोहलपुरको १३ बिगाहा मा शुरु हुने प्रशिक्षणको कोहलपुर नगरपालिकाका उप मेयर सन्जु चौधरीले उद्घाटन गर्नु हुने भएको छ । बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरका अनुसार प्रशिक्षणमा कम्तीमा ५० जनाको सहभागिता रहेको छ । कोहलपुर पछी नेपालगन्जमा फागुन ७ बाट प्रशिक्षण सुरु हुने छ ।

प्रशिक्षणमा सहभागी हुन इच्छुकहरुले क्रिकेट संघमा सम्पर्क गर्न हुन समेत थापा ले आग्रह गर्नु भएको छ । प्रशिक्षणको मुख्य प्रशिक्षकमा जमिल अन्सारी सहायकमा इरफान हुसेन सैयद र नितेश बिस्ट रहेका छन् । प्रशिक्षणमा उत्कृष्ट लाई छ्नौट गरि जिल्लाको महिला क्रिकेट टिम तयार पारिने छ ।

क्रिकेट संघले अहिले बार्शिक योजना साथ अगाडी बढीरहेको छ । अब छिटै अन्य प्रतियोगिता तथा कार्यक्रम गने अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।

कृकेट संघको पछिल्लो गतिविधिबाट खेल पत्रकार सुनिल रेग्मी पनि खुशी भएका छन् । उहाँले यसरी भिजनका साथ अगाडी गए एक दिन बांकेको खेलाडीहरुले राष्ट्रिय टिम भरिने बताउनुभयो ।