खजुरा महोत्सवमा पशुपती र मधुले दोहोरी गाउँदा दर्शकहरुले दिए तालिको ओइरो

नेपालगन्ज, माघ, २९-
खजुरा महोत्सवको ६ औ दिन आज मंगलबार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र गायिका मधु क्षेत्रीले प्रस्तुती दिएका छन।

पछिल्लो समयका निकै चर्चित अनि व्यस्त गायक शर्मा करिव ४:१५ बजे स्टेज चढेका थिए। चर्चित गीत मलाई अमेरिका यहि गाउँदै स्टेज उक्लेका गायक शर्माले गीत गाउनुका साथै हास्यकुराहरु सुनाएर दर्शकहरुलाई अत्याधिक मनोरन्जन प्रदान गरेका थिए।

महोत्सवमा शर्माले चर्चित गीतहरु मलाई अमेरिका यहि, झम्झम दर्कियो पानी, छाता हरायो लगाएतका करिव दर्जन गीतहरु सुनाउनुका साथै गायिका मधु क्षेत्रीसँग प्रत्यक्ष दोहोरी पनि गाएका थिए।

त्यस्तै महोत्सवकी अर्कि आकर्षण गायिका मधु क्षेत्रीले पनि दर्शकलाई मनोरन्जन दिएकी थिइन। चर्चित गीत ब्युटी ब्युटी छ, पिरतिको एक्का लगाएत गायक पशुपती शर्मा सङ्ग दोहोरी गाएकी थिइन। दोहोरी गाउँदा दर्शकहरुले भरपुर साथ दिनुका साथै ताली बजाउँदै हुटिङ्ग पनि गरेका थिए।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ।

उक्त महोत्सवमा बिहिवार सातौँ दिन चर्चित लोक तथा दोहरी गायक मेक्सम खाति, चर्चित गायिका ज्योती मगर साथै एकल नृत्य प्रतियोगिताका सङ्गै लाइभ दोहोरी समेत हुने प्रचारप्रसार उप समितिका संयोजक भागबत प्रसाद कडेँलले जनाए ।