बाँकेमा जनयुद्ध दिवसको उपलक्ष्यमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

नेपालगन्ज , माघ, २९-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि जनयुद्ध दिवसको उपलक्ष्यमा अगुवा कार्यकर्ता भेटघाट गरी मनाउने निर्णय गरेको छ ।

भोलि फागुन १ गते २४ अौं जनयुद्ध दिवसको पावन अवसरमा नेकपाको पार्टी कार्यालय पासाङल्यामु रोडमा दिउसो १२:३० बजे नेकपाका अगुवा कार्यकर्ता भेटघाट गर्ने निर्णय गरेको नेकपाका नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष डिल्ली प्रसाद बरालले बताए ।

उक्त कार्यक्रममा सहिदहरुप्रति श्रद्धा सुमन गर्नुका साथै महान जनयुद्धको समीक्षा तथा कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिईने उनले बताए ।