आजको राशिफल ।।आषाढ ३० गते बिहिवार ।।

काठमाडौं,आषाढ,३०-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको ३० गते बिहिवार, (जुलाई १४ तारिख) आज साउन प्रतिपदा तिथी ! 

आज आषाढ ३० गते बिहिवारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन भाग्यशाली भएर देखा पर्नेछ।कूटनीतिक नियोगको सहयोग मिल्ला।सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ।नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ, तर ठूलाबडाको आशीर्वादले पाइएमा भने रोकिएको काम बन्नसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन सामाजिकह प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ।परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन्।आफन्तसँग भेटघाट पनि हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्।वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ, तर वैदेशिक कार्यहरू अघि बढ्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ।एउटै आर्थिक कारोबारमा सफलता पाइएला ।साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ।धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ ।परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ।परिवारका लागि धेरै समय दिन पाइने छैन, तर आर्थिक लाभ भने मिल्नसक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।आकस्मिक धन लाभ हुनेछ।मिहिनेत गर्दा अधिक प्रगति हुनेछ।तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल