पिएसजी क्लव जापान आईपुग्यौ, ३ मैत्रीपुर्ण खेल खेल्ने

फाईल तस्विर !!

टोकियो,जापान,साउन,१-पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव आज आईतबार जापान टुर आएको छ ।

पिएसजीको टिम पेरिस देखि कतार एयरवेजको उडान बाट जापान टुर २०२२ को सुरुवातको लागि टोकियो आईपुगेको हो।

पिएसजीले जापानमा ३ मैत्रीपुर्ण खेल खेल्नेछ।राइजिङ सनको ल्यान्ड अफ द ल्यान्डमा उनीहरूको पहिलो प्रि-सिजन यात्रा रहेको क्लवले जनाएको छ । 

जापान टुरमा पिएसजीका स्टाईकर मेस्सी, नेयमार, बाप्पे, सर्जीयोरामोस लगायत सिंगो टिमको उपस्थीती रहेको छ ।

यहि जुलाई २० तारिख पिएसजीले पहिलो खेल बुधबार जापानको राजधानी टोकियो स्थित खावासीकी रंगशालामा खावासाकी फुटबल क्लव संग मैत्रीपुर्ण फुटबल खेल्नेछ। 

यस्तै पिएसजीले आफ्नो दोस्रो खेल जुलाई २३ तारिख शनिवारका दिन जापानको साईतामा स्थित उरावा रंगशालामा रेड डाईमण्ड क्लव संग खेल्नेछ । 

यसैगरी पिएसजीले आफ्नो तेस्रो अन्तीम खेल जुलाई २५ तारिख सोमवारका दिन जापानको ओसाका स्थित पानासोनिक रंगशालामा गम्बा ओसाका फुटबल क्लव संग खेल्ने कार्यक्रम तय भएको पिएसजी क्लवले जनाएको छ ।

स्मरण रहोस् यी सबै रंगशालाको क्षमता ५० देखि ६० हजार दर्शक क्षमता रहेको र सबै सिट अग्रिम बुकिगं भैईसकेको आयोजकले जनाएको छ।

मैत्रीपुर्ण खेल हेर्नका लागी भिआईपि तर्फ एक सिटको ३ लाख र सामान्य तर्फ ७ हजार दररेट रहेको थियो ।