नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार

काठमाडौं,फाल्गुन,२५-नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार भएको छ ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।

 यस अघि नेपाल १९ औं स्थानमा थियो । नेपालले नौ यस ८१ अंक तथा २७ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।

वरियताको शीर्ष स्थानमा भारत रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, अफगानिस्तान र वेस्ट इन्डिज क्रमशः दोस्रो देखी १० औं स्थानमा छन् ।