आईसीसी विश्वकप लिग टू : आज नेपाल र पीएनजी खेल्दै

खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्ने ||NEP vs PNGL Live Score, In the Match of Nepal T20 Tri-Series which will be played at Al Amerat Cricket Ground Oman Cricket (Ministry Turf 1), Ocman. NEP vs PNG Lकाठमाडौं,फाल्गुन,२५-आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आज बिहिबारबाट नेपालमा आयोजना हुदैछ । 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन् ।

 
 

कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । 

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । 

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।

नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।

पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ । 

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । 

पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । खेलपाटीबाट