आज राष्ट्रपतिको निर्वाचन हुदै, साँझ नै मत परिणाम आउने

Image Not Foundकाठमाडौं,फाल्गुन,२५-आज राष्ट्रपतिको निर्वाचन हुदैछ।

राष्ट्रपतिको निर्वाचनका लागी तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रपतिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । 

आज बिहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ भने आज नै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ।संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरूलाई अर्को मतदान केन्द्र बनाइएको आयोगले जनाएको छ।