नेपालगन्ज १० मा बालबालिकाहरुको स्थलगत अनुगमन

बाँके,माघ,२८-
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का विभिन्न टोलमा आज संयुक्त स्थलगत अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, वडा स्तरीय बाल क्लब संजाल र बास नेपालगन्जको संयुक्त अनुगमन टोली स्थानियहरुको घरदैलोमा पुगेपछि उनीहरुले बालबालिकाको अवस्थाको बारेमा अवगत गराए ।

वडाका विभिन्न स्थानमा बालश्रमिक तथा परिवारहरुसँग बालश्रमिको अवस्थाको जानकारी लिदै उनीहरुलाई बिद्यालय पठाउने बिषयमा परामर्श गरेका थिए । अनुगमनको क्रममा बालबालिकाहरुसँग भेटघाट, परिवारसँग भेटघाट गरि बालश्रम तथा जन्मदर्ताका बारेमा छलफल गरीएको थियो ।

स्थलगत अनुगमन वडा नं. १० का वडा सदस्य नर बहादुर बिष्ट, नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोसी, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋसि चौलागाई, वडा सदस्य राजपति बंसकार, बासका उपनिर्देशक हेमराज भट्ट, वडा स्तरीय बाल क्लब संजालका अध्यक्ष ऋतिक शाही, बासकी लेखा अधिकृत प्रतिक्षा गिरी र बासकी सामाजिक परिचालक गिता गोसाईकोे उपस्थितीमा भएको थियो ।

अनुगमन नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालीत बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत गरिएको हो ।