कर्मचारी संगठनद्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र,२५-
नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले हिजो शिक्षण अस्पताल कोहलपुरमा एक कार्यक्रमका बिच तिज मिलन कार्यक्रम गरेको थियो ।

नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा-सुरेश कुमार कानोडियाको प्रमुख अातिथ्य, कर्मचारी संगठनका सभापति कुश्माखर बश्यालको अध्यक्षता, कर्मचारी संगठनका पूर्व सभापति अब्दुल हुसेन खान अतिथि , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खान , लगायतका कर्मचारी संगठनका नेता तथा कर्मचारीहरु, चिकित्सकहरु, कर्मचारी संघको चिसापानीका अध्यक्ष लगायतकाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा तिजको उपलक्ष्यमा शुभकामना अादानप्रदान, नाचगान र खानपिनको व्यवस्था कर्मचारी संगठनले गरेको थियो । उक्त कार्यक्रममा लगभग ५०० जना जति चिकित्सक तथा कर्मचारीहरुको उपस्थित रहेको कर्मचारी संगठनकी महासचिव रत्न कुमारी गिरीले बताउनु भएको थियो ।