व्यावसायिक खेती प्रणालीमा जोड दिनुपर्ने मेयर पाण्डे

दाङ,कात्तिक,६-
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले व्यावसायिक खेती प्रणालीमा जोड दिएर परनिर्भरता हटाउनुपर्नेमा जोड दिनुभएको छ ।

उपमहानगरपालिकाले कृषकलाई व्यवसायिक वनाउनका लागि कृषि र पशुपालन क्षेत्रमा विशेष वजेट विनियोजन गरेको वताउदै प्रमुख अतिथि पाण्डेले विषाक्त औषधिको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले यसबारेमा पनि कृषकहरु सचेत हुनुपर्ने वताउनुभयो ।

“घरमा खानका लागि मात्रै होइन वजारमा वेच्नका लागि पनि कृषि उपजहरुको उत्पादन गर्नु पर्दछ ” पाण्डेले वताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को कचिलीमा मितेरी वचत तथा ऋण सहकारी संथाले आयोजना गरेको कृषक दिवस तथा आएपिएम कृषक पाठशालाको समापन कार्यक्रममा वोल्दै कारितास नेपालका प्रवन्धक तेजवहादुर वस्नेतले कृषकहरुलाई व्यावसायिक वनाउनमा कारितासले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको वताउदै कृषि उपजको वजारीकरणमा पनि ध्यान दिनुपर्ने उहाँको कथन थियो ।

कार्यक्रममा वाली संरक्षण अधिकृत पिताम्वर वस्नेत, एमाले दाङ्गका उपाध्यक्ष हुकुम वस्नेत,कृषि क्याम्पसका उप प्राध्यापक मनोज वस्नेत, विसीडीका जनक चौधरी लगायतले आधुनीक खेती प्रणालीको प्रयोगले किसानको जीवनस्तर वढाउने वताउनु भएको थियो ।

रामशरण चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न कृषि सम्वन्धि सन्देश समेटिएका गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजिकरण भुवनसिंह चौधरीले गरेका थिए ।