छुवाछुत अन्त्यका लागी बानी र आचरणमा परिवर्तन आउनुपर्ने

दाङ,कार्तिक,६-
व्यक्तीको आचरण र बानीमा परिवर्तन नआउदा सम्म छुवाछुत र जातिय बिभेदको अन्त्य हुन नसक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

दलित सचेतना अभियान दाङको आयोजनामा लमहीमा आज आयोजित जातिय बिभेद तथा छुवाछुत र कसुर सजाय ऐन २०६८को बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।

कार्यक्रमका वक्ताहरुले बोलिमा बिभेद अन्त्यका कुरा गरिएतापनि राजनितिक दल सरोकारवाला निकाय र समाजका शिक्षित वर्गहरुले नै छुवाछुत अन्त्यका लागी व्यवहारमा खासै लागु गर्न नसकेको बताईएको छ ।

छुवाछुत अन्यका लागी सबैको सोच सकारात्मक हुन जरुरी रहेको बताईएको छ । दलित सचेतना अभियान केन्द्र दाङका अध्यक्ष गोपाल विक र अधिवक्ता कृष्ण बहादुर डाँगीले सहजिकरण गर्नुभएको

कार्यक्रममा समाजसेवी रेवति रमण शर्मा, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५का अध्यक्ष केपि घिमिरे, माओबादी केन्द्रका ओम प्रकाश सुबेदी सागर, मिना गुरुङ, राम प्रसाद गैरे, लमही जेसिजका अध्यक्ष बसन्त भण्डारी, लगाएतले बोल्नुभएको थियो ।