मृत्यु पर्यन्त शरीरदान गर्ने समाजसेवी र मेडिकल कलेज बिच सहमति

नेपालगन्ज,कार्तिक,१२
बाँके जिल्लामा अाफनो मृत्यु पश्चात् अाफनो शरीर मेडिकल कलेजलाई शिक्षण अध्ययन गर्न सहयोग पुगोस् भनि एकजना समाजसेवीले अाफुले र मेडिकल कलेज बिच सहमति गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी समाजसेवी , साहित्यकार नुनिन्द्र दुलाल ( नरेन्द्र जङ्ग पिटरले ) एक कार्यक्रमका बिच अाज सहमतिमा गरेका छन् ।

अाफनो शरीर मृत्यु पश्चात् जलाएर खरानी बनाई माटोमा मिसाउनु भन्दा एम-वि-वि-एस- अध्ययन गराउने मेडिकल कलेजलाई दान गरेमा त्यहाँ अध्ययनरत बिद्यार्थीहरुले अाफनो विषयसंग सम्वन्धित ज्ञान, शिक्षा र सूचना अार्जन गरेमा अाफनो मृत्युु अात्मा शान्त पाउने उनले बताए ।

अाफुले यसरी शरीर दान दिने निर्णय ४ बर्ष अगाडि गरेता पनि घरका परिवारजनले नमान्दा ढीला भएको र अहिले घरपरिवारले पनि मेरो कुरामा सहमतिमा जनाएका छन् उनले भने । उहाँलाई नेपालगन्ज मेडिकल कलेजका अस्पताल निर्देशक डा- एम- किदवाईले सहमति पत्रमा हस्ताक्षर गरेर र परिचय पत्र समेत हस्तान्तरण गर्नु भएको थियोे ।

शरीर दान गर्ने पिटरले अरुको हितका लागि मानवीय सेवा गरेको बताउनु भयो । अाज नेपालगन्ज मेडिकल कलेजमा अस्पताल निर्देशक डा-एम-किदवाई, डा- कुमार पोखरेल, नीरज ढुङ्गाना, शरद पोखरेल , मुस्लिम खान, सुमन गिरी, अनिता थापा, रईश शाही, प्रतिभा देव चौधरी ,अदनान अहमद सिद्दीकी, सुभाष खनाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।