भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं,बैशाख,२०-कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नु भएको हो ।

पार्टीमा प्रवेश गराउनु हुँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिनु भएको थियो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् ।