राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

काठमाडौं,पुष,२१-मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने जानकारी दिनुभएको छ।

यसैबिच: लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।