आदर्श मावी नेपालगन्जमा गराइयो जुनियर रेडक्रस सर्कलको चुनाब

अध्यक्षमा सृष्टि सापकोटा विजयी

नेपालगन्ज,जेष्ठ ,१३-

शिक्षकहरुको साथमा रेडक्रस सर्कलमा निर्वाचित मेम्बरहरु

आदर्श माध्यामिक विद्यालय नेपालगन्जमा गत शुक्रबार जुनियर रेडक्रस सर्कलको चुनाब गराइएको छ।

नेपालगन्जमै प्रतिष्ठित एवम् गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको आदर्श माविले हरेक वर्ष झैँ यस वर्ष पनि जुनियर रेडक्रस सर्कलको चुनाब गराएको हो।

रेडक्रस बाँके उपशाखा सभापति श्याम बहादुर केसीको विशेष उपस्तिथिमा सम्पन्न गरिएको उक्त चुनाबको अध्यक्ष पदका लागि अतित अधिकारी र सृष्टि सापकोटाले उम्मेद्वारी दिएका थिए। जसबाट अतित अधिकारीलाई १२६ मतले हराउँदै सृष्टि सापकोटा २४३ मत ल्याएर अध्यक्ष पदमा विजयी भएकी थिइन।

रेडक्रस सर्कलकी नव निर्वाचित अध्यक्ष सृष्टि सापकोटा

त्यस्तै उपाध्यक्षमा मालिनी क्षेत्री, कोषाध्यक्षमा गिरिषा पुन, सेक्रेटरीमा श्रद्धा श्री सिटौला, जोइन्ट सेक्रेटरीमा बबिन आचार्य निर्वाचित भएका थिए। निर्वाचन अधिकृत तथा आदर्श माविका भाइस पृन्सिपल टंक प्रसाद गौतमका अनुसार सदस्यहरुमा योगेश खड्का, प्रचलन केसी ,ओजस्वी पोखरेल ,सक्षम केसी ,प्रवेश गिरी र निमेष बम गरि ११ जना निर्वाचित भएका थिए।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुबिच उक्त चुनाब गराइएको र रेडक्रस सर्कलको समिति बनाएर विद्यार्थीलाई पढाइ संगै अन्य सामाजिक कार्यमा अग्रसर गराउनेमा आदर्श मावि अग्रपंक्तिमा रहेको पनि भाइस पृन्सिपल गौतमले बताउनु भयो। आदर्शले आफ्नो स्थापना कालदेखि नै रेडक्रस सर्कलको चुनाब गराएर समिती गठन गराउँदै आएको छ।

चुनाब पछि अध्यक्ष पदमा निर्वाचित सापकोटाले भनिन,”अब गठन भएको आफ्नो समितिका सबै सदस्यहरु मिलेर पढाइ सङ्गै अन्य सामाजिक कार्यहरुमा अगाडि बढ्ने छौँ। आफ्नो कार्यकालमा उदाहरणीय कार्य गरेर देखाउने छौँ।”