काठमाडौं,साउन,२३-मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ।
मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३-२ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो।भुटानको शीर्ष डिभिजन च्याम्पियन पारोले गोल गर्दै अग्रता बनाए पनि जित निकाल्न सकेन।अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतीय क्लब मोहन बगानसँग अगस्ट १६ मा प्रतिस्पर्धा गर्दै छ।पहिलो हाफमा पारो ३–१ ले पछि पर्यो।तर, खेलको दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै एक गोल फर्काए पनि पारोले जित आत्मसात गर्न सकेन।
खेलको सातौं मिनेटमा पाराले अग्रता लिएको थियो।काजुओ होमाको गोलबाट पाराले अग्रता लिए पनि मच्छिन्द्र छिट्टै खेलमा फर्कियो।१२औं मिनेटमा आयुष घलानको क्रसमा बिमल घर्तिमगरको हेडरमार्फत मच्छिन्दै खेलमा फर्कियो।१५औं मिनेटमा मच्छिन्द्रले अर्को गोल गर्यो।विमलको पासमा आयुषले गोल गर्दै मच्छिन्द्र अग्रता दिलाए।२७औं मिनेटमा विमलको अर्को लामो प्रयास पहिलो बार हुँदै बाहिरियो।३९औं मिनेटमा ओमुलाजा करिमको क्रसमा अफिज ओलावालेले हेडर गरे।
४३औं मिनेटमा उत्सव राईले डिबक्स बाहिरबाट शसक्त प्रहार गरे पनि पोस्टको दिसामा राख्न सकेनन्।४९औं मिनेटमा सनीष श्रेष्ठले डिबक्स भित्रबाट पाएको अवसर सदुपयोग गर्न सकेनन्।उनको प्रहार माथिल्लो बारबाट अकासियो।५७औं मिनेटमा एसी दोङ पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए।६०औं मिनेटमा इभान असान्तेको प्रहार पनि विशालले सहजै नियन्त्रणमा राखे।त्यसको सात मिनेटपछि मच्छिन्द्रका आशिष चौधरीको पेनाल्टी बक्स बाहिरको प्रहार गोलमा परिणत हुन सकेन।
७१औं मिनेटमा इभान्सले लामो पास नियन्त्रण लिँदै गोल गरेका थिए ।त्यो गोलसँगै पाराले खेलमा फर्किने आशा देखायो।८९औं मिनेटमा डिबक्स भित्रबाट काजुओ होमाको प्रहार मच्छिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाउ गरे।इन्जुरी समयमा विमलले खाली पोस्टमा गोल गर्न चुके।आशिषले दिएको पासमा गोलकिपर ग्याल्छेन ग्याङ्पो पनि बिट भएको अवस्थामा उनले गोल गर्न सकेनन्।
यद्यपि,मच्छिन्द्रले जित निकाल्दै दोस्रो प्रयासमा एएफसी कप प्रारम्भिक चरण छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।यस अघि पहिलो सिजनमा भने मच्छिन्द्र प्रारम्भिक चरणको छनोटको पहिलो चरणमा नै श्रीलंकको ब्लु स्टारसँग २-१ ले स्तब्ध भएको थियो।




