एभरग्रीनको वार्षिक उत्सवमा दर्शकलाई नचाए गायक थापाले

अछाम,फाल्गुन, २-एभरग्रीन पब्लीक स्कुल साँफेबगर अछामको नौं औं वाषिक उत्सव भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ । एभरग्रीन पब्लीक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष रेवन्त ठकुल्लाको सभापतिमा भएको कार्यक्रममा अछाम जिल्ला क्षेत्र नं. १ का पूर्व माननिय सभासद शेर बहादुर कुँवरको प्रमुख अतिथी रहनु भएको थियो ।

यस्तै विशिष्ट अतिथीमा साँफेबगर नगरपालीकाका कार्यकारी अधिकृत खेमराज कोइराला र बयलपाटा स्रोत केन्द्रका स्रोत व्यक्ती नर बहादुर कार्की रहुन भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य हेमराज बुढाले गर्नु भएको थियो ।

Evergree public scholl एभरग्रीनको वार्षिक उत्सवमा दर्शकलाई नचाए गायक थापाले कार्यक्रममा नेपाली काँग्रेसका प्रतीनिधी सुरत कुँवर,नेकपा एमालेका प्रतीनीधी बालगिरी कुँवर नेपाल पत्रकार महासंघ अछाम शाखाका अध्यक्ष राम बहादुर कुँवर, समाजसेवी उजिर सिंह साँउद,जन कल्याण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिलोज कुँवर,,त्यसैगरी एभरग्रीन पब्लीक स्कुल विद्यालय सञ्चालक बल बहादुर ठकुल्ला लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसैविच वार्षिक उत्सव कार्यक्रममा अतिरिक्त क्रियाकलाप र गत वर्ष २०७२ सालको वार्षिक परिक्षामा विभिन्न स्थानमा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल सहति पुरस्कृत गरिएको थियो । यस्तै कार्यक्रममा  लोक तथा दोहोरी गायक गोपाल जंग थापाले आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई निकै मनोरञ्जन गराउनु भएको थियो ।

Gopal Jang Thapa by evergreen public scholl achham एभरग्रीनको वार्षिक उत्सवमा दर्शकलाई नचाए गायक थापाले गायक थापाले आफ्ना प्रस्तुतीमा वार्षिक उत्सवमा सहभागी भएका दर्शक र अभिभावक लाई छमछम्ती नचाएका थिए,भने सोहि विद्यालयमा अध्यनरत विद्यार्थीहरुले पनि आफ्ना विविध साँस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पनि लोक तथा दोहोरी गायक गोपाल जंग थापाले नै गर्नु भएको थियो ।