मालती डिजिटल प्रा.लीको उत्कृष्ट म्युजिक भिडियो एकादेशको कथा

सिर्जना बर्देवा/
ओखलढुंगा, कार्तिक,२५-

चर्चित म्युजिक कम्पनी मालती डिजिटल प्रा.लीकोे एक उत्कृष्ट म्युजिक भिडियो बजारमा आएको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र “एकादेशको कथा” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो ।

बिशेष गरेर मायालु जोडीहरुको लागी लक्षीत गरि निर्माण गरिएको यस म्युजिक भिडियो बुद्धिराम सुनार र एलिसा गुरुङ्गको सयुक्त प्रस्तुती रहेको छ । यस गितमा चर्चित सर्जक रामु खड्काको उत्कृष्ट लय सिर्जना रहेको छ भने सिर्जना पाण्डेको शव्द सिर्जना रहेको छ ।

(साथमा यो भिडीयो अवश्य हेर्नुहोस् ।)

चर्चित लोक तथा दोहोरी गायीका बिष्णु माझी र प्रस्तोता सुुनारको स्वर रहेको यस गितको म्युजिक भिडियोमा चर्चित मोडल आशा खड्का र सुनारको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने भिडियोको सम्पादन अमर शाक्यले गरेका छन् । ओम शिब फिल्मसले दृष्य निर्माण गरेको यस अडियो तथा भिडियोलाई स्वयम म्युजिक कम्पनी मालती डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।