पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश

काठमाडौं,फागुन,१-उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो ।

त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

सम्झौताविपरीत सञ्चालन गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो ।