आईईएलटीएस परीक्षा, प्रश्नपत्र बाहिरिएको आशंका

काठमाडौं,पुस,२४-

अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ ।

प्रहरी परिसर काठमाडौंले आईईएलटीएस परीक्षाको उत्तर मिलाइदिने भन्दै तीन विद्यार्थीबाट चार लाख ५० हजार रुपैयाँ असुलने सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरेको छ ।

सिंगापुरबाट आईटी पढेको बताउने सुरजले उत्तर मिलाइदिने र अन्य दुईले विद्यार्थी खोज्ने काम गरेका थिए । सुरज पुतलीसडकमा कन्सलटेन्सी चलाउँदै आएका छन् । आजको कान्तिपुरमा खबर छ ।