चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप

काठमाडौं,पुस,२४-

चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने समस्या भने निको नभएर आउने बढी रहेको जानकारी दिए ।

उनले भने, “यसपालि अघिल्लो वर्षभन्दा अलि फरक अवस्था देखिएको छ, बढिरहेको जाडोसँगै अत्यधिक धुलोधुवाँका कारण पनि लामो समय औषधि खाँदा पनि रुघाखोकी निको नभइरहेको देखिएको छ ।”

वीर अस्पतालका आकस्मिक विभागका मेडिकल अफिसर डा सरल शर्माले चिसो बढेसँगै श्वासप्रश्वास र दमका बिरामी अत्यधिक बढिरहेको बताए । आजको कारोबारमा खबर छ ।