मिनी फुटसल टुर्नामेण्टको उपाधि आयोजक टिम बिहानी एफसीलाई

ल्याङ्गर एफसी रनअर अफ

फाईल तस्विरमा : आयोजक टिम बिहानी एफसी

जापान,भदौं,५-टोकियोमा आयोजित मिनी फुटसल टुर्नामेन्ट २०२६ को उपाधि आयोजक टिम बिहानी एफसीले जितेको छ।

उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बिहानी एफसी र ल्याङ्गर एफसीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

फाईल तस्विरमा: उपवेजाता टिम ल्याङ्गर एफसी ।।

पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले समान गोल गरेपछि खेल थप रोमाञ्चक बन्दै सडन डेथमा पुगेको थियो।निर्णायक सडन डेथमा ल्याङ्गर एफसीलाई पछि पार्दै बिहानी एफसीले शानदार जित निकालेर मिनी फुटसल टुर्नामेन्ट २०२६ को उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो।

घरेलु मैदानमा आयोजना गरेको प्रतियोगिताको उपाधि आफैंले जित्दै बिहानी एफसीले आयोजकसँगै विजेताको दोहोरो भूमिका निर्वाह गरेको छ।

ल्याङ्गर एफसी भने मिनी फुटसल टुर्नामेण्टको रनअर अप भएको छ।

यसैबिच : मिनी फुटसल टुर्नामेण्टमा उत्कृष्ट खेल प्रदर्शन गर्दै बिहानी एफसीका खेलाडी बिष्णु लामाले उत्कृष्ट खेलाडी ट्रफी जित्न सफल भएका थिए।

फाईल तस्विरमा : सेमिफाईनलिस्ट कर्णाली एफसी

त्यस्तै : यस टुर्नामेण्टको उत्कृष्ट गोलकर्ताको ट्रफी बिहानी एफसीकै गोलकिपर प्रबिन घर्ती मगरले जितेका छन्।

टुर्नामेण्ट अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरेको कर्णाली एफसी आयोजक बिहानी एफसी संग सेमिफाईनल खेलमा पेनाल्टी सुटआउटमा पराजित हुन पुगेको थियो।

त्यसैगरी : अर्को सेमिफाईनल खेलमा ल्याङ्गर एफसीले भने अर्को उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम भान्जा एफसीलाई हराउदै फाईन सम्म पुगेको थियो। 

फाइनल खेलमा देखिएको रोमाञ्चक प्रतिस्पर्धाले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो।

आज भएको मिना टुर्नामेण्टमा सहभागी सबै टिमलाई आयोजक टिमले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

फाईल तस्विरमा : आयोजक टिम सहभागी सबै टिमलाई धन्यवाद सहित प्रमाण पत्र दिदै ।।