गायक थापा भन्छन तिजमा नाच्ने बुढी चाहियो

काठमाण्डौं,साउन,२३-

गायक गोपालजंग थापा

सांगितिक यात्राको छोटो समयमै दर्शक एवं स्रोताहरुको मन मुटुमा बस्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाले स्वरबद्ध गर्नु भएको नाच्ने बुढी चाहियो बोलको तिज गित बजारमा आएको छ । मेलोडी नेपालले तयार पारेको यस गितको म्युजिक भिडीयो विन्ध्यवासिनी म्युजिक कम्पनी मार्फत बजारमा ल्याइएको छ ।

यस गितमा केटीतर्फ भने माधवी घर्तीमगरको स्वर रहेको छ । गोविन्द मधुरले संगित संयोजनमा सघाएका छन । गितमा गायक थापा र घर्तीमगरको संयुक्त शब्द रहेको छ । अमृत सुनुवारले छायांकन गरेको यस म्युजिक भिडीयोको निर्देशन विपिन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफरमा कृष्ण लामा छन ।

यो गितले दर्शकहरुको मन जित्नेमा आफू आशावादी रहेको गायक थापाले बताए । उनले आगामी दिनमा अझै राम्रा गितहरु दर्शक माझ ल्याउने योजना रहेको बताए । थापाले यसअघि आधा दजर्न गित बजारमा ल्याइसकेका छन ।

क्या राम्रो रैछनी साँफेबगरबाट गायन क्षेत्रमा लागेका थापाले नेपालका नेता, बर पिपल छायाले, धेरै भए फटाहा जाली लगायतका गितहरु बजारमा ल्याइसकेका छन । गायक थापा हाल नेपाल वातावरण पत्रकार समूहमा कार्यरत छन ।

भिडीयो हेर्नुहोस्