व्यवस्थापिका संसदको बैठक बस्दै

अस्थायी शिक्षकको मागका विषयमा छलफल हुने

काठमाडौं,भदौं,१२-

व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ ।

आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि छलफल हुने छ, भने बैठकमा बन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो ।

संसद बैठकमा प्रमुख विपक्षी दल एमालेले भारत भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्ने भएको छ । साथै बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।