नेकपा सचिवालय बैठक सुरु : मन्त्री हेरफेरको विषयमा छलफल हुने

काठमाडौं,कार्तिक,२५-

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएकाे छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे बस्ने भनिएकाे बैठक एक घण्टापछि सुरु भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग छलफल गर्नुभएको थियो ।

यही विषयमा छलफलका लागि ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक बोलाउनु भएको थियो ।स्रोतका अनुसार आजको बैठकमा भारतले कालापानीमा गरेको सीमा अतिक्रमण, पार्टी एकताको बाँकी काम लगायतका विषयमा पनि छलफल हुनेछ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ।