एकै मञ्चमा गजल, कविता सम्पन्न हुने

 केपि खनाल/

लम्कि,कार्त्तीक,८-
लम्कीमा पहिलोपटक एकै मञ्चमा गजल र कविताको एकल वाचन एकै मञ्चमा सु-सम्पन्न हुने भएको छ । मोफसलमा बसेर साहित्यका लगभग सबै विधामा कलम चलाउने कवि काशिराम बजगाई र गजलकार दुर्गा जोशी उक्त कार्यक्रममा प्रमूख आकर्षक हुन् ।

कवितामा कवि बजगाई र गजलमा गजलकार दुर्गा जोशी रहने भएका छन् । राष्ट्रिय स्तरसम्म चर्चा परिचर्चा बटुलिसकेका कवि बजगाई र गजलकार दुर्गा जोशीलाई यही कार्तिक ११ गते मोफसलमै लम्कीमै सुन्न पाइनेछ।

अभ्युदय साहित्यिक प्रतिष्ठानको आयोजनामा कवि तथा प्रखर गजलकार बाबु देवकोटाको संयोजकत्वमा सु-सम्पन्न हुन गैरहेको उक्त कार्यक्रमा राष्ट्रिय स्तरमा चर्चा परिचर्चा बटुलिसकेका साहित्यकारहरूको पनि उपस्थिति हुन गैरहेका कुरा संयोजक बाबु देवकोटाले हामीलाई जानकारी दिनुभएको छ ।