मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)

फाईल तस्विर !!

काठमाडौं,चैत,१५-काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ।आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्‍याइएको हो ।

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो ।

हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको पानी भरेर पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइन परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलले जनाएको छ ।

मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)

पहिलो चरणमा चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ ।

आइतबारदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण गरिएको केयूकेएलले जनाएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आजभन्दा तीस वर्ष पहिले देखेको मेलम्ची सपना यथार्थमा पूरा हुन तीन दक लागेको हो ।मुलुकमा बहुदलीय व्यवस्था पनर्स्थापित भएपछि प्रधानमन्त्री बन्नुभएका भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने बताउँदा हँसिमजाकको विषय बनेको थियो ।

हेर्नुस् पानी वितरण तालिकाः

मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)